shiling ling

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Saturday, September 22, 2012

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन

केन्द्रीय सम्पर्क कार्यलय उद् घाटनको एक झलक 
(Click to Enlarge)
"एकाइसौं शताब्दि अहिन्दु मुलबासी मंगोल मुक्तिको शताब्दि हुनेछ ।"भन्ने महान नारा र उदेश्यको साथ विगत झण्डै तीन दशक देखी साम्प्रदायीक हिन्दु अतिवादी हरुको विरुद्धमा खुलेर संर्घषरत छ । यसै सन्र्दभमा  मिती २०६९ साल असोज १३ गते तदनुसार २०१२/०९/२९ शनिबारको दिन मंगोल नेशनल अर्गनाईजेशनको केन्द्रिय सम्पर्क सभाको अध्यक्ष तथा मंगोल नेशनल अर्गनाईजेशनको बरिष्ट केन्द्रिय सदस्य श्यार्वा थुप्तेन लामाद्धरा  मंगोलहरुको घनाबस्ति काठमाडौं जिल्लाको नेपालटारमा मंगोल नेशनल अर्गनाईजेशनको केन्द्रिय सम्पर्क सभा कार्यलयको समुद् घाटन गर्नु भयो । 
                    केन्द्रको निर्देशन तथा कार्यक्रमलाई यस सभाले जिल्ला तह सम्म सहज र छिटो छरितो पुर्‍याउन यस सभाले पुलको काम गर्नेछ सम्पर्क सभाको सहसचिव डि.बि. ग्यावकले भन्नु भयो ।उद् घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले भन्नु भयो अब समय मंगोल नेशनल अर्गनाईजेशनको हो हाम्रो जित सुनिश्चित भएको र ४५० बर्ष देखि हिन्दु साम्राज्यको हातमा रहेको शासन सत्ता खोस्न सोचे जस्तो गाह्रो नभएको तर मंगोलहरु अझ शिक्षत,पढन्ते,मास्टर गरेका भन्ने हरुले पनि अझै वास्तविक कुराहरु नबुझेकोमा लामाले चिन्ता व्यक्त गर्दै भन्नु भयो मंगोलहरुलाई कुरा बुझाउन र बुझ्नु मात्र पर्छ जितले हामिलाई कुरिरहेको छ भन्दै आफ्नो कार्यकाल सफल पार्न सवैलाई सकेको सहयोग गर्न अपिल पनि गर्नु भयो । 
    
               उक्त उद् घाटन सभामा झापा,इलाम,संखुवासभा,खोटाङ,उदयपुर,धादिङ,सोलुखूम्बु,नुवाकोट,दोलखा,रामेछापे,गोर्खा,ओखलढुङ्गा लगाएत विभिन्न जिल्लाको केन्द्रिय सदस्य अगुवा नेता तथा कार्यक्रताको उल्लेख्य उपस्थित थियो भने अधिककंश वक्ताहरुले अब समपूर्ण मंगोलहरुलाई बुझाएर अगाडी बढ्नु पर्ने र यस संगठनलाई अझ चुस्त,दुरुस्त र जुझारु बनाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । 
     
               उक्त केन्द्रिय सम्पर्क सभामा १२ सदस्यिय कार्यसमिति पदाधिकारी रहेको छ भने,पछि आवश्यकता अनुसार सदस्यहरु थपघट गर्न सक्ने प्रावधान पनि रहेको कुरा मंगोल भिजन साप्ताहिकको प्रतिनीधिसँगको कुराकानीमा सम्पर्क सभाको कोषाध्यक्ष तथा एम.एन.ओ केन्द्रिय सदस्य भिमलाल तामाङले वताउनु भयो । साथै उक्त कार्यलयमा हरेक हप्ता विभिन्न नेता हरुको उपस्थितीमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम पनि रहेको कुरा बताउनु भयो । 
 
   त्यस्तै कार्यसमिति पदाधिकारीहरुमा : 
 
 अध्यक्ष श्यार्वा थुप्तेन लामा
 सचिव अरुणराज गुरुङ
 सहसचिव         डि.बि. ग्यावक
 कोषाध्यक्ष         भिमलाल तामाङ
 सदस्य मनकुमार गुरुङ
 सदस्य बिरलाल राई
 सदस्य तोकबहादुर गुरुङ
 सदस्य सरस्वती लिम्बु
 सदस्य रिन्छेन दोर्जे तामाङ
 सदस्य  देवेन्द्र रिल्ली घले
 सदस्य  जिवन मंगोल राई
 सदस्य  मनि कुमार खालिङ
      रहेको कुरा सम्पर्क सभा सचिव तथा मंगोल नेशनल अर्गनाईजेशनको प्रखर युवा नेता अरुणराज गुरुङले जानकारी दिनुभएको छ ।